पदक बिजेता रजनीलाई डेढ लाखको पुरस्कार

इन्डोनेसियाको बाताममा जारी एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक रजतसहित दुई पदक जितेकी रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ नगदले पुरस्कृत गर्ने भएका छन्।

रजनीले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्ष माथिको प्रतिस्पर्धामा काँस्य पदक जितेकी थिइन्। नेपाली महिलाले यस प्रतियोगितामा भाग लिएको यो पहिलो हो।

शनिबार सम्पन्न साधारणसभाबाट एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठले व्यक्तिगत रूपमा रजनीलाई पुरस्कृत गर्न लागेका हुन्।

गत वर्ष महेश्वर महर्जनले विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपको ६५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी