एकै परिवारका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटियो

काठमाडौं । बारामा एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ। बाराको फेटा गाउँपालिका– ४ स्थित एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरका अनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ।

मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन। मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ।

बुधबार राति ८ बजेतिर प्रहरीले सो घटनासम्बन्धी जानकारी पाएको थियो। उनीहरूको मृत्युको कारण थाहा हुन सकेको छैन। सेप्टिक ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्न प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी