देश चलाउनेको विवेकमा ताला लागेको छ

भोजराज पाठक


मेरो देश आज
भित्र भित्रै रोएको छ
खोक्रो आदर्श र सम्मानमा
रमाएको छ
भाग्य निदाएको सोच्ने
मान्छेहरूको भीडले
कुना कुनामा
डेरा जमाएको छ।

मेरो देशमा आज
सम्मान पाउनुपर्नेले
पाएको छैन
नपाउनुपर्नेले पाएको छ
किनकि यहाँ देश चलाउनेको
बुद्धि र विवेकमा
ताला लागेको छ।

मेरो देश आज
अन्धविश्वास र कुरीतिको
गीत वजाएको छ
सम्पत्ति सर्वस्व ठानेर
स्वंयलाई बेच्न लाएको छ
मानवता र सत्यतालाई
कमजोर ठानेर
हत्या र वलत्कारलाई
सेवा ठानेको छ
त्यसैले ,
तर मेरो देश आज
भित्र भित्रै रोएको छ।

सिकागो,अमेरिका

तपाईंको प्रतिक्रिया/टिप्पणी