महरा विरुद्ध उजुरी दर्ता, पक्राउ गर्ने प्रहरीको तयारी

काठमाण्डौं।
यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्ण बहादुर महरा विरुद्ध प्रहरीमा जाहेरी परेको छ। महराले आफू माथि यौन दुर्व्यवहार गरेको आरोप लगाउने पीडित महिलाले नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएकी हुन।

१३ असोजमा आफू माथि यौन हिंसा भएको आरोप लगाएकी पीडित महिलाले महराले सभामुख पदबाट राजिनामा दिएपछि बयान बदलेकी थिइन। उनले आफू डिप्रेसनको औषधि खाइरहेको र आफूले भनेको कुरा मिडियाले बङ्ग्याएर लेखेको आरोप लगाउँदै महरा र आफ्नो सम्बन्ध बाबुछोरीको जस्तो भएको बताएकी थिइन।

पीडितले शुक्रबार साँझ बानेश्वर वृत्तमा किटानी जाहेरी दिएको प्रहरीले बताएको छ। महरा विरुद्ध जाहेरी परेसँगै आइतबार अदालतबाट पक्राउपूर्जी लिएर पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी