हो! म बाहुन हो…


मेरो जन्म ब्राह्मण कूलमा भएछ, यो मैले कसैसँग अनुनय विनय गरेर, चाकरी गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको बंश सर्वनाश गरेर भएको होईन। म कसको गर्भमा बस्ने भन्ने कुरा मैले आफूले रोजेको हुँदै होइन, म जन्मदा के भएर जन्मेँ भन्ने पनि मलाई थाहा थिएन। बुझ्दै जाँदा म बाहुन कूलमा जन्मेको रहेछु। पहिचानको मुद्दाको बहस चलिरहँदा मैले डरले मेरो जनै फाल्नु धर्म निरपेक्षता भित्र पर्दैन भन्ने मेरो ठहर हो। किनकी मेरो जनै केवल धागो हैन, यो वैदिक विधिले बनेको र मलाई अनुशासनमा बाँध्ने एउटा महत्वपूर्ण रक्षा कवच हो।

मेरो योग्यतालाई ओभरटेक गरेर कुनै अर्को काठमाण्डौमा घर भएको, गतिलो पेशा भएको र राजनीतिक पहुँच भएको कथित उत्पीडित जनजाति, दलितको छोराले त्यो भाग ओगटिसकेको थियो, मैले भन्दा झन्डै ३० नम्बर कम लिएर। त्यो आरक्षणले मेरै गाउँको आरने दाइको छोरालाई रक्षा गरेको भए मैले चित्त बुझाउनै पर्ने थियो। तर त्यसो देखिएन।

अहिलेका युरोप अमेरिका गएर जनजाति, दलित र मधेसीको कोटामा दीक्षित भएर आएका टाईवाला दाइहरूले मलाई एलिट भने पनि केही छैन किनकी मेरो नामको पछाडि शासक बर्गको थर जोडिएको छ, मेरो बैङ्क खातामा यसबापत मनग्गे डलर आइरहन्छ भनेर उहाँहरूले प्रचार गर्नु भएपनि मैले सहेर बस्नुपर्छ।

मेरा बा-आमाले मलाई दुःख जिलो गरेर पढाउनु भो, मैले जानाजान कसैको भाग खोसेको मलाई याद छैन। तर म जब हलो जोत्ने, भाँडा माझ्नेदेखि घर पोत्ने गर्दै पढेर योग्यतावाल हुने बेलासम्म मेरो थरको पछाडि एउटा टाइटल झुन्डिएको थियोः एलिट बर्ग। मेरो योग्यतालाई ओभरटेक गरेर कुनै अर्को काठमाण्डौमा घर भएको, गतिलो पेशा भएको र राजनीतिक पहुँच भएको कथित उत्पीडित जनजाति, दलितको छोराले त्यो भाग ओगटिसकेको थियो, मैले भन्दा झन्डै ३० नम्बर कम लिएर। त्यो आरक्षणले मेरै गाउँको आरने दाइको छोरालाई रक्षा गरेको भए मैले चित्त बुझाउनै पर्ने थियो। तर त्यसो देखिएन।

बहसहरू

अचेल गाई काटेर खान पाउनुपर्छ भनेर ठूलो भूईंचालो आइरहेको छ ,मेरी आमाले बिहान सबैभन्दा पहिले त्यही गाईकै गोबरले दैलो नपोतेसम्म केही काम गर्नुहुन्न, मेरा बाले गाईकै पूजा गरेर गहूँत नखाई जूठो सूतक जान्न भन्नुहुन्छ, त्यही गाईको म दूध र गहूँत खान्छु, जन्मेदेखि मर्ने बेलासम्म त्यही गाईलाई बेला बेलामा पुज्नेहरु धेरै छन्। बहुसंख्यक मान्छेले पूजा गर्ने गाईलाई राज्यले राष्ट्रिय जनावर बनाएको छ ।

तर गाई गोरु काट्न नपाएर आफ्नो पहिचान गुमेको देख्नेहरुलाई मैले बुझेको छैनः छिमेकीले पुज्ने गाई काटेर खान नपाउँदैमा पहिचान कसरी गुम्यो भन्ने कुरा ! हामीले आमा मान्ने गाई काट्दा हाम्रै छिमेकीलाई बिघ्न खुशी मिल्छ भन्ने कुरा म पत्याउँदिन। के राष्ट्रिय जनावर गाई खान नपाउँदैमा भोकमरी नै आईलाग्छ ? त्यसै पनि गाईको दुध, र मूत्र बैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त छ। मैले गाईको गहूँत खाँदा कोही हाँसेर उडाउँछ भने मलाई केही फरक पर्दैन, मैले गोबरले लिप्दा कसैले छ्या भन्छ भने त्यसले मलाई फरक पर्दैन। तर म सुंगुर खाँदिन र खानेलाई घृणा पनि गर्दिन, किनकी यो वहाँहरुको कुरा हो। तर गाई खानै पर्छ भनेर कसैको धर्मग्रन्थमा लेखिएको पनि छैन। गोरुको मासु चढाउनै पर्छ भनेर कुनै धर्मको किताबमा लेखिएको छैन, यदि कतै छ भने त्यो कुप्रथा हो, धर्म होईन।

हिन्दू धर्मका अनुयायीले देवी देउवाले नाममा चढाउने वली पनि धर्म होईन यो त कुप्रथा हो, यस्ता कुप्रथाको अन्त्य हुनुपर्छ । तर मैले गहुँत खाने मेरो संस्कार बहुसंख्यकको संस्कार हो, म गाई पुज्छु ,म मौका अनुसार गाईको गहूँत पनि पिउछु, यसले कसैको अधिकार हनन गर्दैन, कसैलाई दमन गर्दैन।मैले सबैले गाईको गोबरले लिपौँ र अनिवार्य गहूँत खाऔँ पनि भन्दिन तर मलाई होच्याएर कसैले तैले मूत खाने गाई मैले काटेरै खान्छु भन्छ भने त्यो बेला मैले प्रतिरोध गर्छु र गर्नुपर्छ ,यसो गर्दा मलाई कसैले बाहुन भन्छ भने, हो ! म बाहुन नै हो।

सामाजिक सन्जालमा कहिले गैँडा त कहिले घोड़ा राष्ट्रिय जनावर बनाऊँ, हामीले खाने गाई गोरु किन राष्ट्रिय जनावर बनाएको भनेर अभद्र टिप्पणी पनि हुन थालेका छन्। गाई भनेको नेपालको सन्दर्भमा बहुसंख्यकको आस्थाको धरोहर हो, पबित्रताको प्रतिक हो। अनि त्यस्तो पबित्रताको प्रतिक छाडेर किन भैसी बाख्रा या गैँडा राष्ट्रिय जनावर बनाउने ? सुंगुरलाई घृणा गरिने हुनाले मुसलमान बाहुल्य देशमा सुगुर काटिदैन,छोईदैन, अमेरिकामा घोडा र कुकुरको मासु काट्न प्रतिबन्ध छ तर त्यही घोडा कुनै देशमा मूख्य मासुको श्रोत हो। तर मलाई के लाग्छ भने कसैले यतिबिघ्न सम्मान गर्ने गाई गोरु नखाए पनि आकास खस्दैन, बरु सामाजिक सम्बन्ध बलियों हुन्छ, बरु सकिन्छ भने शाकाहारी बनौँ, मासु मान्छेले खाने चिज नै होईन। गाई गोरुको मासु खान पाउने कुरालाई पहिचानसंग नजोडौँ, यदि कसैले कसैको हत्या गरि खाने कुरालाई आफ्नो बटमलाईन नै मान्छ भने त्यसबेला मलाई बाहुन भने हुन्छ, हो ! म बाहुन हो।

अचेल भाषाको पनि त्यस्तै बिवाद छ। आफूलाई अब्बल लेखक मान्नेहरुले जुन भाषामा लेखेर आफ्नो चुल्हो बालिरहेका छन्, त्यही भाषालाई मूल धारको भाषा होईन भनिरहेका छन्, भाषा त सबैको सम्पति हो, सम्पर्क भाषाको रुपमा बहुसंख्यकले बोल्ने भाषा पनि शासकहरुकै भाषा भन्नेहरुको बिद्दता पनि मैले बुझ्न सकेको छैन। अरुको भाषा त अंग्रेजी पो त जसलाई हामीले अनिवार्य बनाउनुपरेको छ। धेरै जसोले बुझ्ने, बोल्ने भाषा जे छ त्यसैलाई सम्पर्क भाषा बनाउनै पर्छ।

अचेल बिभेदको पनि कुरा उठिरहेको छ , मैले जानेबुझे अनुसार संबिंधानले तोकेरै कसैलाई दमन गर्नुपर्छ भनेर भनेको छैन , जाति जनजाति भएकै कारणले हेपिनुपर्छ भनेर लेखेको कतै पनि देखेको छैन। पहिचानवादीहरुले बिभेदको पहिचान गर्न भन्दा पनि आफूलाई कसरी चर्चामा ल्याउने भनेर मनलाग्दो बोलेको देखिएकै छ, केही तत्वहरुले हिजो जात र धर्मको आधारमा गरेको बिभेदलाई आज तिनै जातको कारणले गर्दा म पछि परेँ भन्नु जायज हुन सक्दैन। तर पनि राज्य सत्तामा केही सिमित जात र बर्गका मान्छेको हाली मुहाली छ, यो फेरिनैपर्छ। नयाँ अनुहारले त्यो अवसर प्राप्त गर्नुपर्छ।

मलाई सम्झना छ: मैले हात्ती छाप चप्पलमा कपडाको तुनो हालेर, पछाडितिर फाटेको घुँडे कट्टुलाई भोटोले छोपेर स्कूल जाँदै गर्दा बाटैबाट भागेर माछा मार्नेहरु, हाफ छुट्टीमा भागेर चलचित्र हेर्न जानेहरु आज राजनीतिमा नेता र आरक्षणको कोटामा हाकिम भईरहेको देख्दा यो पहिचान भन्ने शब्द पनि मलाई हाँस्यास्पद लाग्छ, सायद आरक्षणको बितरणमा समस्या भएर होला।

हो ! बाहुन भएकै आधारमा म कसैलाई भेदभाव गर्दिन, सबैले बाहुनले जस्तै जनै लगाउनुपर्छ म भन्दिन, कसैको जात पेशा र स्तर हेरेर मैले भेदभाव गर्न हुन्न र गर्दिन, मैले कसैको भाग हडपेको पनि छैन, तर बाहुनकै नश्लमा पैदा हुँदैमा म कसरी शरणार्थी भएँ, म कसरी एलिट भएँ ? के सत्तासीन मेरो जातका मान्छे भएकै आधारमा मैले त्यसको क्षतिपूर्ति दिनुपर्ने?

बाहुन क्षेत्रीलाई शरणार्थी भन्नेहरु सामाजिक मिडियामा बर्गेल्ती भेटिन्छन्, सयौँ बर्षसम्म समाजमा संगै बसेकाहरु कसैको प्रायोजित नारामा शरणार्थी बनाईदा आरोप लगाउनेहरु कुन बेला त्यहिँको धर्ती धाँजा फाटेको बेला फुत्त निस्केका हुन् जान्न पाए हुन्थ्यो ! अनि फेरि ती धर्ती पुत्रहरुले आफ्नै शरणमा आएका शरणार्थीहरुलाई किन शेर बन्न दिएका होलान् ?

हो ! बाहुन भएकै आधारमा म कसैलाई भेदभाव गर्दिन, सबैले बाहुनले जस्तै जनै लगाउनुपर्छ म भन्दिन, कसैको जात पेशा र स्तर हेरेर मैले भेदभाव गर्न हुन्न र गर्दिन, मैले कसैको भाग हडपेको पनि छैन, तर बाहुनकै नश्लमा पैदा हुँदैमा म कसरी शरणार्थी भएँ, म कसरी एलिट भएँ ? के सत्तासीन मेरो जातका मान्छे भएकै आधारमा मैले त्यसको क्षतिपूर्ति दिनुपर्ने? तर पनि जान अन्जानमा मेरा पिता पुर्खाले गरेको यो भेदभावको लागि मैले नैतिक रुपमा जिम्मेवारी लिदै माफी माग्दछु।

म बाहुनका संस्कारले लगाउनै पर्ने जनै लगाउँछु, यो मेरो पहिचान हो । अरुको पहिचान कायम गर्न मैले मेरो जनै फालेर या नफालेर अरुको जायज या नाजायज आन्दोलनको समर्थन या बिरोध पनि गर्नु छैन। जनै मेरो बिश्वास हो, अनुशासन हो यसको लाज बचाउन म सधै प्रयासरत हुन्छु र हुनुपर्छ, जनै धारण गरेकै आधारमा म अरुलाई सानो जात र वर्ण भनेर भेदभाव गरेकै छैन, गर्नेलाई म मन पराउँदैन। पशुलाई भन्दा पनि निच ब्यवहार गर्ने जातिप्रथा मानवता बिरुद्दकै अपराध हो, तर मैले लगाएको जनै देखेर कसैले गिज्याउँछ भने म गर्वका साथ भन्छु: हो म बाहुन नै हो ।

हो, बाहुन भएकै आधारमा कुनै दलितलाई म मन्दिर पस्न दिनुहुन्न भनेर घोक्रो फूलाउँदिन, उसले छोएको पानी पिउन हुन्न भनेर नाराबाजी गर्दिन तर मैले पहिचानवादी हुनै पर्छ भनेर गोरुको मासु, सुगुरको मासु र भैसीको मासु खानुपर्छ भन्ने केहि छैन। हिन्दु संस्कारका नराम्रा पक्षलाई बोकेर कसैलाई दमन मैले गर्दिन तर मेरो राम्रो र कसैलाई हानी नगर्ने संस्कार, मेरो बिश्वास र मेरो भगवानलाई कसैले किन मान्छस, छाड्दे भन्छ भने मैले दृढ़ताका साथ भन्नै पर्छ स् हो म बाहुन नै हो । मैले अरुको धर्मको बिरोध नगरी आफ्नो धर्मको सुन्दर पक्षलाई आत्मसाथ गर्दा मलाई बाहुनवादी कसैले भन्छ भने, हो म बाहुन हो, बाहुनवादी हो ।

दलित, जनजाति हुँदैमा झुक्नैपर्छ, र बाहुन हुँदैमा शासकीय शैली देखाउनुपर्छ भन्ने दिन गए, आफ्ना राम्रा संस्कारको निरन्तरता र खराब संस्कारको भंग गर्दै जानुपर्छ। कसैले आफ्नो जात लुकाउनु पर्दैन,म हिन्दु धर्मलाई भेदभावपूर्ण बनाउने बाहुन हैन, सबै जात समान हुन् र सबैको हैसियत समान छ भन्ने बाहुन हो।

संबिंधानले अधिकार मात्रै होइन, कर्तब्य पनि दिएको छ, म आफ्नो अधिकार प्राप्तिका लागि कसैको खुशी वली चढाउँदिन तर कसैले मेरो अधिकारलाई जबर्जस्ती धावा बोल्न खोज्छ भने मैले दृढ़तापूर्वक भन्नै पर्छ स् हो म बाहुन नै हो ।
मेरो बुझाईमा पहिचान त अब गरीबी, अशिक्षा, बेरोजगारी, अन्याँय र अत्याचारको गर्नुपरेको छ, विश्वले चन्द्रमा चुमेको यतिका बर्ष हुँदा हामी चाहिँ जात र भातको बखेड़ा निकालेर, एकले अर्कालाई दोषारोपण गरेर टिकिरहेका छौ। सबैले सबैको जात र धर्मको सम्मान गरे पो समृद्दिको चुचुरो चुम्न सकिन्छ।

दलित, जनजाति हुँदैमा झुक्नैपर्छ, र बाहुन हुँदैमा शासकीय शैली देखाउनुपर्छ भन्ने दिन गए, आफ्ना राम्रा संस्कारको निरन्तरता र खराब संस्कारको भंग गर्दै जानुपर्छ। कसैले आफ्नो जात लुकाउनु पर्दैन,म हिन्दु धर्मलाई भेदभावपूर्ण बनाउने बाहुन हैन, सबै जात समान हुन् र सबैको हैसियत समान छ भन्ने बाहुन हो।  हो, म बाहुन हो।

तपाईंको प्रतिक्रिया/टिप्पणी