निवर्तमान सभामुख महरा पक्राउ

काठमाण्डौं।
निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। सभामुख रहेकै बेला संसद्‌ सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार महरा विरुद्ध पिडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन। पीडित युवतीको किटानी जाहेरीका आधारमा काठमाण्डौं जिल्ला अदालतले आइतबार महरालाई पक्राउ गर्न अनुमति दिएको थियो।

महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो।

महराले गत आइतबार पीडित युवतीको कोठामा पुगेर यौन दुव्र्यवहार गरेको समाचार बाहिरिए पछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी