राष्ट्रपतिले पुजारीबाट र उपराष्ट्रपतिले बुवाको हातबाट लगाए दशैंको टीका

काठमाण्डौं।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनले दशैंको टीका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवास र उपराष्ट्रपति पुनले उपराष्ट्रपति भवन हरित गृहमा दशैंको टीका ग्रहण गरेका हुन।
राष्ट्रपति भण्डारीले पुजारी र आफन्तबाट टीका ग्रहण गरेकी हुन भने उपराष्ट्रपति पुनले बुवा रामसुर पुनका हातबाट टीका ग्रहण गरेका हुन।

टीका ग्रहण गरेपछि भण्डारीले पुजारी र आफन्तजनलाई टीका लगाइदिइरहेकी छन्। उपराष्ट्रपति पुनले पनि सचिवालयका सदस्यहरू, सुरक्षाकर्मी र आफन्तलाई दशैंको टीका लगाइदिएका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी