कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ

राजविराज। आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए।
दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी