कमेडी होइन, सिरियस राजनीतिको कथा, ‘छ माया छपक्कै’

 


चलचित्रकर्मी दीपक राज गिरी, दीपाश्री निरौला र उनीहरूको टिमले बनाएको फिल्म भन्ने बित्तिकै आमदर्शकले सहजै अनुमान गर्न सक्छन् की यो कमेडी जनराको फिल्म हो भनेर। आमदर्शकको यो बुझाइ स्वाभाभिक किन पनि मान्न सकिन्छ भने यो टिमले बनाएका ६ एकान ६ देखि छक्कापञ्जा सिरिजका तीनवटै फिल्मलाई हेर्ने हो भने यी सबै कमेडी जनराकै हुन। त्यसो त दीपक दीपाको टिममा रहेका सबैजसो कलाकार हास्य विधाकै स्थापित कलाकारहरू हुन। ‘छ माया छपक्कै’मा पनि यिनै स्थापित हास्य कलाकारकै हालीमुहाली छ। दीपकराज गिरीका अलाबा जितु नेपाल र केदार घिमिरे फिल्मका केन्द्रीय पात्र हुन। हास्य क्षेत्रका यी स्टारहरू भएको फिल्म भएता पनि फिल्म हेरिसकेपछि यो फिल्मलाई पूर्ण रुपमा कमेडी जनराको फिल्म भनियो भने अन्याय हुन जान्छ।

यो त नेपाली राजनीतिको चरित्रको कथा हो र नेपाली राजनीतिको चरित्र कहिल्यै मजाक बन्न सक्दैन किनकी नेपाली राजनीतिको चरित्रसँगै आम नागरिकको पनि मनोदशा जोडिएको हुन्छ त्यसैले यो कमेडी होइन, सिरियस राजनीतिको कथा हो।

ट्रेलर हेरेर हलसम्म पुग्ने अधिकांश दर्शकलाई लाग्छ कि ‘छ माया छपक्कै’ नेपाली राजनीति माथिको चोटिलो व्यङ्ग्य हो, अहँ होइन, यो नेपाली राजनीति माथिको व्यङ्ग्य हुँदै होइन, यो त नेपाली राजनीतिको चरित्रको कथा हो र नेपाली राजनीतिको चरित्र कहिल्यै मजाक बन्न सक्दैन किनकी नेपाली राजनीतिको चरित्रसँगै आम नागरिकको पनि मनोदशा जोडिएको हुन्छ त्यसैले यो कमेडी होइन, सिरियस राजनीतिको कथा हो।

फिल्म खासगरी ४ जना पात्रहरूको वरिपरि छ। फिल्ममा केन्द्रीय पात्रको रुपमा रहेकी केकी अधिकारी नेपाली फिल्म क्षेत्रको एउटा चर्चित नाम हो, धेरैजसो फिल्म हेर्ने दर्शकलाई यो पनि थाहा छ की राम्रो अभिनयका बाबजुद केकीका धेरैजसो सिनेमा व्यावसायिक रूपले असफल छन्। तर ‘छ माया छपक्कै’मा उनले आफ्नो चरित्रलाई गरेको न्यायका आधारमा मुल्यांकन गर्ने हो भने फिल्मको व्यावसायिक सफलताको एकजना हिस्सेदार केकी पनि हुन र एकपटक उनले आफूलाई अब्बल र दमदार नायिका हुँ भनेर प्रमाणित पनि गरिदिएकी छन्। जितु नेपाल, नेपाली राजनीतिको शिकार बनेको पात्रका रुपमा छन्, उनले पनि आफ्नो चरित्रलाई पुरापुर न्याय गरेका छन्। जितुलाई हास्य कलाकारको रुपमा मात्रै देखिरहेका दर्शकका लागि उनी जस्तोसुकै चरित्रलाई पनि न्याय गर्न सक्ने अभिनेता भनेर स्वीकार गर्न कत्ति पनि हिचकिचाहट हुने छैन। फिल्मलाई कमेडी जनराको विरासत र छक्का पञ्जाको ब्रान्ड जोगाउने जिम्मा एक्लैले लिएका पात्रको नाम हो, केदार घिमिरे अर्थात माग्ने बूढा। फिल्ममा उनले खुब हँसाउँछन् यद्यपि उनले फिल्ममा निभाइरहेको चरित्र भने नेपाली राजनीतिको सबै भन्दा संवेदनशील विषय हो। फिल्मको शीर्ष भूमिकामा रहेका दीपकराज गिरी अर्थात कमरेड बिपी। उनी परिवार, राजनीति र प्रेमको वरिपरि रुमल्लीएका छन्। फिल्ममा कमरेड विपीको भुमिका हेरिसकेपछि अलिकति  राजनीतिक वातावरणमा हुर्किएको परिवारको हरेक युवाले आफूलाई कमरेड विपीको स्थानमा राख्छ र दर्शकलाई फिल्मको चरित्रमा आफू भेट्टाउने बनाउन सक्नु उत्कृष्ट निर्देशकीय कला हो, यस्मा दीपेन्द्र लामाले आफूलाई  तेस्रो फिल्म सम्म आउँदा आफूलाई अब्बल निर्देशक हुँ भन्ने प्रमाणित गरिदिएका छन्।

फिल्मको प्राविधिक पक्षमा खासै खोट लगाउने ठाउँ भेटिदैन तर यस्को मतलब फिल्म पुरै कमजोरी रहित भने होइन, ‘छ माया छपक्कै’को हर पात्रको रुपमा आफूलाई देखिरहेका दर्शकलाई खल्लो लाग्न सक्ने भनेको फिल्मको क्लाईमेक्स हो, फिल्मको क्लाईमेक्सले भने फिल्मले उठाएको राजनीतिक संवेदनशीलतालाई गहिरोगरी संवोधन गर्न सकेको छैन। फिल्मलाई समय सकिन लागेको भनेर जबरजस्त बन्द गर्न खोजिएको जस्तो दर्शकले महशुस गर्न सक्छन् यद्यपि फिल्मको क्लाईमेक्सका दृष्यहरु हास्य प्रधान र मनोरञ्जनात्मक भने छन्।

‘छ माया छपक्कै’मा राजनीतिक कला मात्र होइन यो राजनीतिक विषयवस्तुलाई प्रस्तुत गर्ने कला पनि हो त्यसैले यो राजनीतिक विषयवस्तु माथि नेपालमा बनेका फिल्महरु मध्ये एउटा उत्कृष्ट फिल्म हो।

फिल्मले राजनीतिको कथा भित्र दुईओटा धार बोकेको छ, एउटा परम्परागत र एउटा वैकल्पिक। राजनीति शब्द उच्चारण गर्ने बित्तिकै कतिपय मानिसहरु वितृष्णाले हेर्ने गर्छन तर ‘छ माया छपक्कै’मा राजनीतिक कला मात्र होइन यो राजनीतिक विषयवस्तुलाई प्रस्तुत गर्ने कला पनि हो त्यसैले यो राजनीतिक विषयवस्तु माथि नेपालमा बनेका फिल्महरु मध्ये एउटा उत्कृष्ट फिल्म हो। नेपालको राजनीतिमा कतिपय वैकल्पिक राजनीतिको वकालत गर्ने पार्टीहरुले भन्ने गरेको राईट टु रिजेक्ट जस्तै विषय फिल्ममा नो भोटसँग जोडिएको छ। किनभने लोकतन्त्रमा मतदान अधिकार हो भनेर आम नागरिकलाई भोट हाल्न जानैपर्छ भन्ने दलहरुलाई आम नागरिकले राजनीतिक नेतृत्व गतिलो नभए मतदान नगर्नु झन ठुलो अधिकार हो कि होईन? भन्ने सबै भन्दा अहम प्रश्न फिल्मले जन्माईदिएको छ।

यो नेपालका परम्परागत दलका नेताहरूको बानी, राजनीतिकै कारण ढल्दै गरेको जवानी र सुकेका ओठहरुले खोजिरहेको पानीको कथा हो।

‘छ माया छपक्कै’ चरित्रका रुपमा मात्र हेर्ने हो भने यो नेपाली राजनीतिको सतप्रतिशत चरित्र हो यस्मा कुनै काल्पनिक कथा बुनिएको छैन, सन्देशका रुपमा बुझ्ने हो भने जनतालाई व्यवस्थाको बाउ डेमोक्रेसी हजुरबाउ ब्यूरोक्रेसी जति भनेपनि सब फिक्का हुन जनता उठेसी भन्ने सन्देश दिएको छ, सँगै राजनीतिमा पार्टीले तोकेर नेता बनिदैन, नेता त आम जनताको मनोदशाबाट जन्मिन्छ भन्ने तथ्य पनि भेटिन्छ। यो फिल्मलाई कथा, पात्र र दृष्य समेटिएको फिल्मकै रुपमा मात्र हेर्ने हो भने यो नेपालका परम्परागत दलका नेताहरूको बानी, राजनीतिकै कारण ढल्दै गरेको जवानी र सुकेका ओठहरुले खोजिरहेको पानीको कथा हो। र यति भन्नैपर्छ यो कहिल्यै नेपाली फिल्म नहेरेकाले पनि हेर्नुपर्ने फिल्म हो, जहाँ नेपालका हर गाउँघरको कथा र राजनीतिबाट आक्रान्त नागरिकको मनोदशा लुकेको छ। यस्ता फिल्म बने नेपाली फिल्मलाई माया गरिरहौं भन्नै पर्दैछ। ‘छ माया छपक्कै’ टिमलाई अझ बढी सफलताको शुभकामना।

Twitter: @Suryadeepregmi

 

तपाईंको प्रतिक्रिया/टिप्पणी