कक्षाकोठाको पर्खाल भत्किँदा बालकको मृत्यु

काठमाडौं । धनुषास्थित एक सामुदायिक विद्यालयमा कक्षाकोठाको पर्खाल खस्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। जनकनन्दनी गाउँपालिकास्थित केएसएसबी माविको बालविकास कक्षामा विद्यार्थी पढिरहेकै बेला पर्खाल खसेको हो।

बिहीबार दिउँसो करिब पौने एक बजे खसेको पर्खालमा च्यापिएर बालकक्षामा अध्ययनरत स्थानीय मोहम्मद सकिर साफीको मृत्यु भएको छ भने अर्को एक बालक गम्भिर घाइते भएको विद्यालयका प्रधानाध्यापक रामकिशोर यादवले जानकारी दिए।

घटनापछि घाइते बालकको उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। घटनामा एक बालकको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले पुष्टी गरेका छन्। घटनापछि स्थानीय आक्रोसित भएका छन्। मृतक तथा घाइते परिवार लगायत स्थानीयले विद्यालय घेराउगरी प्रदर्शन गरिरहेको स्थानीयले जनाएको छ। अवस्थालाई नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन गरिएको खनालले बताए।

तपाईंको प्रतिक्रिया/टिप्पणी