सबैसँग मित्रवत सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्छ : नेपाल

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले सबै राष्ट्रसँग मित्रवत सम्बनध कायम गर्दै अघि बढ्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले चिनियाँ राष्ट्रपति दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदा विश्वको आँखा नेपालतर्फ परेको भन्दै सबैसँग मित्रवत सम्बन्ध कायम गर्नु पर्ने बताएका हुन्।

नेपालीमा रहेको ज्ञान, क्षमता, सिप र खुबीलाई नेपालमै प्रयोग गर्नुपर्ने धारणा राखे। अब आफूहरुको लक्ष्य भनेको नै सामाजिक तथा आर्थिक रुपान्तरण नै भएकोले यसतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने पनि उनको आग्रह छ।

त्यस्तै, उनले नेपाली युवा जनशक्तिलाई रोजगारीको लागि विदेशिनबाट सरकारले रोक्नुपर्ने र यसको लागि नेपालमै रोजगारी दिने वातावरण बनाउनुपर्ने पनि बताए। मुलुकलाई समृद्धि र विकासको पथमा अघि बढाउन अहिलेको समय अनुकुल रहेकोले यसतर्फ सरकार बढि केन्द्रित हुनुपर्ने नेता नेपालको सुझाव छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी