‘जीवनसँगै मृत्युको स्वीकारोक्ति: खुशी हुने महाशुत्र’

- महेश श्रेष्ठ

मस्तिकका दुई भागको विपरित गुण धर्म भएका कारण नै द्वन्द्व छ । 

ध्रुवीय आधारमा मस्तिष्कका दुई भाग छन् । देब्रे मस्तिष्क र दाहिने मस्तिष्क। स्थान विशेषमा मात्र नभई गुण धर्ममा समेत यिनीहरू विपरित छन्। देब्रे मस्तिष्कले शरीरको दाहिने भागलाई नियन्त्रण गर्छ। यसको उपयोगिता सूचना सङ्ग्रह, तार्किक विश्लेषण, स्मरण गर्नु आदिमा हुन्छ। विज्ञान प्रविधि, गणित, अर्थतन्त्र, राजनीतिक शास्त्र जस्ता वैचारिक रूपमा गहन विषय सिक्नका लागि देब्रे मस्तिष्क उपयोग हुन्छ। मस्तिष्कको यो भाग विचार प्रधान हुन्छ।

यसको विपरित दाहिने मस्तिष्कले शरीरको देब्रे भागलाई नियन्त्रण गर्छ। यो कला र भावसँग सम्बन्धित छ। नृत्य, सङ्गीत, गायन, चित्रकला आदि सिक्नलाई दाहिने मस्तिष्क उपयोग हुन्छ। मानवीय भावहरू जस्तै दया, माया, सेवा जस्ता विषयहरूसँग यसको सरोकार हुन्छ। मस्तिष्कको यो भाग भाव प्रधान हुन्छ।

वास्तवमा हिंसा, द्वन्द्व र तनावका सन्दर्भमा समाजीक परिवेश निक्कै कम र हाम्रो आफ्नै मस्तिष्कको कम्जोरी बढि जिम्मेवार हुन्छ

विपरित गुणधर्मका कारण मस्तिष्कका यि दुई भागहरूले एउटै विषय, घटना वा वस्तुलाई फरक फरक तरिकाले देख्छ। यसरी एउटै अवस्था, विषय, घटना वा वस्तुलाई दुई फरक तरिकाले देख्नका कारण मस्तिष्कका यि दुई भागहरूले सहकार्य नगरी विभाजित हुन्छ। विभाजित मस्तिष्कको उपयोग गरेर सन्सारलाई हेर्दा हरेक कुराहरूमा विभाजन देखिन्छ।

जहाँ विभाजन हुन्छ त्यहाँ मल्याङ्कन हुन्छ। तह र तप्का, तेरो र मेरो हुन्छ, राम्रो र नराम्रो हुन्छ। विभाजनका कारण नै द्वन्द्व हुन्छ। वास्तवमा हिंसा, द्वन्द्व र तनावका सन्दर्भमा समाजीक परिवेश निक्कै कम र हाम्रो आफ्नै मस्तिष्कको कम्जोरी बढि जिम्मेवार हुन्छ। हामीमा भएको तनाव मस्तिष्कको यही गुणधर्मको कारण नै भएको हो। यस अर्थमा तनाव मानिसका लागि बाध्यकारी भो।

यदि मस्तिष्कको एउटा भाग अर्को माथि सधैँ हाबी भइरहने हो भने मानिसलाई कम तनाव हुने थियो तर त्यसो हुँदैन। हरेक ४०–४० मिनेटको अन्तरमा कुन मस्तिष्क हावी हुने भन्ने कुरा फेरबदल भइरहन्छ। अर्थात ४० मिनेट दाहिने मस्तिष्क हाबी भयो भने लगत्तैको अर्को ४० मिनेट देब्रे मस्तिष्क हाबी हुन्छ। यो क्रम निरन्तर चली रहन्छ । त्यसैले संसारका अधिकांश विद्यालयहरूमा ४० देखि ४५ मिनेटका कक्षाहरू सञ्चालनमा ल्याइएका हुन्, ताकि विद्यार्थीहरूले आलोपालो रूपमा देब्रे मस्तिष्क हाबी हुँदा विज्ञान, गणित जस्ता बुद्धि लगाउन पर्ने विषय सिकोस् अनि लगत्तै  दाहिने मस्तिष्क हाबी हुँदा साहित्य, चित्रकला वा खेलकुद जस्ता भावनालाई कुतकुत्याउने विषय सिकोस्।

मस्तिष्कका दुईवटा विपरित ध्रुवहरू सधैँ लडाइ गरिरहँदा हामी तनावमा मात्रै हुँदैनौ बरू मस्तिष्कलाई अधिकतम रूपमा प्रयोग गर्नबाट पनि चुक्छौँ। हाम्रो जीवनमा उर्जाको ठूलो हिस्सा मस्तिष्कको यही कमजोरीका कारणले खेर गइरहेको हुन्छ।

जीवन र मृत्यु, एउटै कुराका विपरित आयाम 

विज्ञानले संसारलाई विभाजित गरेर बुझ्छ। विज्ञानले वस्तुलाई बुझ्न ‘मलिकुल’, ‘एटम’का नाम मा विभाजन गरेको छ। अनि ‘एटम’ जस्तो सुस्म एकाईलाई इलेक्ट्रोन, प्रोटोन र न्यूटोनमा विभाजन गरेको छ। यो संसारमा लामो समयदेखि विज्ञान हावी भइरहदाँ हामीले संसारलाई विभाजित गरेर मात्रै बुझ्न सक्ने भएका छौं। जस्तै सिमानाले भूगोललाई राष्ट्रमा विभाजन गरेको छ। एउटै राष्ट्रभित्र पनि प्रान्त, जिल्ला, सहरहरू छन्। हामीले समयलाई साल, महिना, बार र घण्टा जस्ता एकाईमा विभाजित गरेका छौं। शरीरको विभिन्न अंगहरूका नामहरू दिएका छौं। हामीलाई कुनै पनि कुरा विभाजन नगरी सहज लाग्दैन। तर विभाजन कै कारण नै विभेद र द्वन्द्व हुने हो। भूगोल विभाजन हुँदा हामीलाई अर्काको राष्ट्र भन्दा आफ्नो राष्ट्र प्यारो छ। समय विभाजन गरिदा हामीलाई जाडोको शिशीर ऋतु भन्दा फूल फूल्ने वसन्त ऋतु मन पर्छ। हामीले देब्रे हातलाई दिशा पुस्ने र दाहिने हातलाई खाने र पूजा गर्ने जिम्मेबारी दिएर शरिरका उहि अंगमा विभेद गरेका छौं।

हाम्रो दृष्टि र सोच अनुरूप हाम्रो मस्तिष्क परिवर्तन हुने हो। डार्विनको विकाश सम्बन्धि सिद्धान्तले त्यसै भन्छ। लामो समयदेखि संसारलाई विभाजन गरेर बुझ्दै गर्दा हाम्रो देव्रे र दाहिने मस्तिष्कमा दुरी बढ्दै गएको होइन भन्न सकिदैन। संसारलाई गहिराईमा बुझ्नेहरूले मानसलाई समाजको प्रतिविम्व मान्छन्। अर्को अर्थ हाम्रो सोच नै हाम्रो संसार हो। मस्तिष्कका दुई भागहरू एकआपसमा मतभेद नराखी मिलेर काम गर्न सक्ने अवश्थामा हाम्रो संसारीक आयाममा पनि विभाजन हुने थिएन। विभेद र द्वन्द्व हुने थिएन। तनाव नभई संसार शान्त हुने थियो।

सत्यको उजागर गर्न वस्तुलाई विभाजन गर्ने विज्ञान चुकेको ठाँउमा अध्यात्म विज्ञानसँग यो समस्याको समाधान हजारौ वर्ष पहिले देखि नै छ। आधुनिक विज्ञानको विपरीत अध्यात्मले कुनै कुरालाई बुझ्ने क्रममा विभाजन नगरि सङ्गोपाङगो सिङ्गो देख्छ। अध्यात्मका लागि विश्व व्रम्हाण अविभाजित कुरा हो।

अध्यात्मका अनगिन्ती आयाममा तन्त्रविज्ञानले मस्तिष्कको दुबै भागको सहकार्य गर्ने सन्दर्भमा गज्जबकै समाधान निकालेको छ। तन्त्रविज्ञान भन्छ उज्यालो र अँध्यारो दुईवटा भिन्न कुरा होईन, एउटै हो। त्यस्तै जीवन र मृत्यु, प्रेम र धृण, सौन्दर्य र कुरूपता, सम्पन्नता र गरिबी, सफलता र असफलता लगायतका दुई वटा भिन्न कुरा एउटै कुराका विपरीत ध्रुव हुन्।

मानिलिनुहोस् एउटा धागोेको एकातिर निख्खर रातो छ, र क्रमशः धागो जति फेदतिर जादै छ त्यसमा रातोको मात्रा विस्तारै घट्दो छ र कालोको मात्रा विस्तारै बढ्दो छ, र त्यो धागो अर्कोतिर निख्खर कालो छ। यो सन्दर्भमा रातो र कालो रंगका दुईवटा धागाहरू नभएर एउटा मात्रै धागो हो। धागोको टुप्पा र अन्तमा केवल रातो र कालोको मात्रामा कमीबेसी मात्र भयो। सो धागोमा भएको रातोलाई प्रेम मान्ने र कालोलाई धृणा मान्ने हो भने, यहाँ प्रेम र धृणा दुईवटा चिज नभएर एउटै चिजको विपरित ध्र्रुव भयो। प्रेम र धृणाको दुई अवश्थामा प्रेमको मात्रामा भने कमीबेसी छ।

उदाहरणका लागि, तपाई जन्मनु हुन्छ। अनि क्रमशः उमेर बढ्दै गएर शीशुबाट बालक, किशोर, युवा र बृद्ध अवश्थामा पुग्नु हुन्छ। के कुनै त्यस्तो समय छ जहाँनेर डोरी चढाएको सरी विभाजन गरेर बालक र किशोर अवश्थालाई टुक्राउन सकिन्छ। १२ वर्ष पछि किशार अवश्था र १८ वर्ष पछि युवा अवश्था भन्नु केवल अवधारणा मात्रै होइन। उमेर अनुसार हुँने परिवर्तन त एकाएक हुँने नभई क्रमिक हुने न हो। यी सबै अवश्थामा तपाई एउटै मानिस हुनुहुन्छ न कि अलग अलग मानिसहरू। यदि सबै अवस्थामा तपाई एउटै मान्छे हुनुहुन्छ भने शीशु, बालक, किशोर, युवा र वृद्ध अवश्था पनि एउटै चिजको फरक आयाम भो। यी अवस्थामा केवल जीवनको मात्रामा कमीबेसी भो। बालककालमा जीवनको मात्र धेरै र क्रमशः त्यो घट्दै गएपछि वृद्ध हुने भो।

जसरी हामीलाई पैसा चाहिएमा नोटको एउटा पाटो चाहियो र अर्को पाटो चाँहिदैन नभनेर नोट लिन सक्दैनौं, सिङ्गै नोट मात्रै लिन्छौं। हो त्यस्तै गरि जीवनका अनेक आयामलाई स्यूकानु पर्छ। तन्त्र विज्ञान भन्छ जन्म, जीवन र मृत्यु एउटै चिज भएपछि त्यसमा विभाजन नदेखेर त्यसलाई समाग्रमा स्वीकार गर। जुन दिन हामी चिजहरूलाई समग्रमा स्वीकार गर्ने छौं हामीमा अवश्य रूपान्तरण आउने छ। तब मष्तिस्कमा विभाजनका कारणबाट उत्पन्न हुने तनाव हट्ने छ। किनकी जहाँ विभाजन छैन त्यहाँ द्वन्द्व हँुदैन। बरु यस्तो सोचाईले कुनै अवस्था, घटना, व्यक्ति र वस्तुका सन्दर्भमा प्रतिकृया दिने सन्दर्भमा मस्तिष्कका दाहिने र देव्र भागले द्वन्द्व नगरि सहकार्य गर्न थाल्ने छन्।

जब प्रेम र धृणा एउटै चिज हो भन्ने बोध हुन्छ, अनि मानिसमा प्रेमप्रतीको लालश र धृणा प्रतिको वितृष्णा कसरी जाग्न सक्छ? उसले प्रेमसँग घृणालाई पनि स्वीकार गर्ने छ। जब जीवन र मृत्यु एउटै चिज हो भन्ने बोध हुन्छ, तब जीवनप्रतीको राग र मृत्युप्रतीको द्वैष कहाँ बाँकी हुन्छ। यसरी सोच्दा सफलताले अहंता दिदैन र असफलताले दुःखाउदैन। कुनै चिजले कसरी तनाव दिन सक्लार? जब समग्र स्वीकारको बोधले आन्नद र तनावलाई एउटै देख्ने छ।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी