जापानी सम्राटद्वारा गद्धी आरोहण, प्रधामन्त्रीले भने– सम्राट चिरायु रहुन्



काठमाडौं । जापानका सम्राट नारुहितोले मंगलबार एक औपचारिक समारोहका बीच गद्धी आरोहण गरेका छन्। ५९ वर्षिय सम्राटले उनका पिता अकिहितोले गद्धी त्यागेपछि गएको मे महिनाबाट नै शासन शुरु गरेका थिए।

तर, विभिन्न विधि पूरा गरेर आजबाट उनले गद्धी आरोहणको प्रक्रिया पूरा गरेका हुन्। आजको समारोहमा सम्राट ६.५ मिटर अग्लो ताकामिकुरा भनिने गद्धीमा चढेका थिए। उनले आफ्नो औपचारिक घोषणा सो अवसरमा पढेका थिए।

उनले सो अवसरमा संविधान अनुसार आफूले आफ्नो भूमिका निर्वाह गर्ने र जनता र देशका लागि राष्ट्रिय एकताको प्रतीकका रुपमा काम गर्ने जनाएको रोयटर्सले अनुवाद गर्दै जनाएको छ। उनकी पत्नी सामाज्ञ्री मासाको पनि केही सानो गद्धीमा सजिएर बसेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु

सो अवसरमा प्रधानमन्त्री शिन्जो आबेले बधाई सम्बोधन गरेका थिए। उनले चिच्याउँदै जापानी भाषामा ‘सम्राट चिरायु रहुन्’ भनेका थिए।