चाबहिलमा घर भत्कियो, दुई जना गम्भीर घाइते

काठमाडौं । चाबहिल शान्तिमार्गमा पुरानो घर भत्किदा पुरिएर दुई जना घाइते भएका छन्। घाइते कामदारलाई तत्कालै अस्पताल र्पुयाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी किरण बज्राचार्यले जानकारी दिए।

घाइते कामदारमध्ये एकजनाको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र अर्कोको दीर्घायु अस्पतालमा उपचार भइरहेको छ। कामदारको पहिचान खुल्न सकेको छैन।

घर भत्केको ठाउँमा अरु पनि कामदार परेको आशंकामा घटनास्थलमा उद्धारका लागि प्रहरी खटिएका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी