बेलायतमा लरीभित्र ३९ जनाको शव भेटियो

काठमाडौं । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका तर्फबाट खबर गरिएको थियो।

लरीका चालक उत्तरी आयरल्याण्डका २५ वर्षिय एक युवक छन्। हत्याको आशंकामा निजलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक संकेत अनुसार ३८ वटा शव प्रौढ व्यक्तिका हुन् भने एउटा किशोरको भएको इसेक्स प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो लरी बुल्गेरियाबाट आएको हो। लरी होलिहेड भन्ने स्थानबाट शनिबार बेलायतमा प्रवेश गरेको थियो। अधिकारीहरुले जनाए अनुसार सो घटनाका पीडितहरुको पहिचान पत्ता लगाउने काम भइरहे पनि लामो प्रक्रिया रहेको बताएका छन्। लरी चालकलाई प्रहरीले घटनाका बारेमा आबश्यक सोधपुछ गरिरहेको जनाइएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी