लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

सप्तरी। जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए। प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन्। यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो।

अन्य सम्बन्धित समाचार:  विदेशबाट आएकालाई लक्षित गरि थप क्वारेन्टिनको तयारी