काठमाण्डौ जिल्ला अदालतमा महरासँग थुनछेक बहस सुरु

काठमाण्डौ । यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। काठमाण्डौ जिल्ला अदालतमा आइतबार दिउँसो ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो।

गएको शुक्रबार उनलाई न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो। महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ।

महराविरुद्धको थुनछेक बहस आज

तपाईंको प्रतिक्रिया/टिप्पणी