मुख्यमन्त्री कार्यालयमा ताला लगाउन पुगेका शिक्षक पक्राउ

काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन पुगेका अस्थाई शिक्षकहरु पक्राउ परेका छन्। मंगलवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन थालेपछि ४३ जना अस्थाई शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएकोे धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। अस्थाई शिक्षकहरुले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि एक घण्टा सडक अवरुद्ध गरेका थिए।

मुख्यमन्त्री लाल बाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिबद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थाई शिक्षकहरुको समूहले तालाबन्दीको प्रयास गरेको थियो। अस्थायी शिक्षकहरुलाई उमेरको हदसम्म पेशाको ग्यारेन्टी र स्वास्थ्य उपचार लगायत माग राख्दै असार २० गते देखि उनीहरु आन्दोलित छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी