सरकार र भारत बिरुद्ध नेबिसंघको बिरोध प्रदर्शन

काठमान्डौ। भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको बिरुद्धमा नेपाल बिद्यार्थी संघले बिरोध आज राजधानीमा प्रदर्शन गरेको छ। नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय उपाध्यक्ष सागर परियारको नेतृत्वमा काठमाडौँको प्रदर्सनी मार्गमा प्ले कार्ड सहित निस्केको जुलुसले सरकार र भारतका बिरुद्ध नारा लगाउदै पदमोदय मोड देखि भिर्कुटि मन्डप पुगेर कोणसभा गरेको थियो।

सभामा नेबिसंघका निबर्तमान उपाध्यक्ष सागर परियारले सरकार र भारतको चर्को आलोचना गरे। उनले भने ‘सरकार तिमी अस्पतालको सैयामा ढलिराखेको छौ, तिम्रो खोक्रो राष्ट्रवाद नेपाली जनताले देखि सके”। पुर्व केन्द्रिय उपाध्यक्ष परियारले छिमेकी भारत प्रति रोष प्रकट गर्दै भने ‘भारत तिमी हाम्रो छिमेकि मात्र हौकी मित्र राष्ट्र पनि हौ” स्पस्ट पारे।

‘सभालाई समापन गर्दै आन्दोलनका संयोजक आर आर क्याम्पसका अध्यक्ष सजिंब ढकालले दलाल सरकारले बेच्न लागेको भुमी नेपाली भुमि जोगाउन नेबिसंघ रगत र प्राण जोगाएर भएपनी बचाई छाड्ने उल्लेख गरे।

आन्दोलानमा जनप्रशासन क्याम्पसका स्वबियु सभापति पकंज क्षेत्री, मोर्गनका अध्यक्ष शिशिर दवाडी, विद्यार्थी नेताहरु कमल तिमिल्सिना, शिवहरी तिमिल्सिना, प्रबिणजङ कार्की, सुर्य अर्याल, अनुराग शाह, निलम तिमिल्सिना लगायतको सक्रिय सहभागिता थियो ।

तपाईंको प्रतिक्रिया/टिप्पणी