भारतीय नयाँ नक्सा: विरोधमा नेविसंघको प्रदर्शन

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा काठमाडौं जिल्ला नेपाल विद्यार्थी संघ (नेविसंघ) र पशुपति कलेज नेविसंघ इकाइ द्वारा विरोध प्रदर्शन गर्दै। तस्बिरः धनबल राई

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको विरोधमा काठमाडौं जिल्ला नेपाल विद्यार्थी संघ (नेविसंघ) र पशुपति कलेज नेविसंघ इकाइले प्रदर्शन गरेको छ। नेपालको लिपुलेक र कालापानीलाई आफ्नो भूमीमा समेटेपछि काठमाडौं नेविसंघ र पशुपति कलेज नेविसंघ इकाइले शुक्रबार चावहिल क्षेत्रमा विराध प्रदर्शन गरेका हुन्।

नेविसंघ पशुपति क्याम्पसका अध्यक्ष जीवन श्रेष्ठले वीर गोरखालीहरुको रगत र पसिनाको सम्मान गर्नुपर्ने बताए। उक्त नक्सा तत्काल खारेज गरेर नेपाली भूमिमाथि दाबी नगर्न दबाब स्वरुप प्रदर्शन गरिएको काठमाडौं जिल्ला नेविसंघ अध्यक्ष मनोज वैधले बताए। उनले भारतीय हेपाहा र मिचाहा प्रवृत्तिको सरकारले विरोध गर्नुपर्नेमा जोड दिए।

नेपाली भूमि फिर्ता गर, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा–लिपुलेक हाम्रै हो, लगायत लेखेको प्लेकार्ड बोकेका थिए। क्याम्पस परिसरबाट शुरु भएको र्‍याली मित्रपार्क, पिपलबोट, चाबहिल हुँदै फेरि कलेज परिसरमै पुगेर कोणसभामा परिणत भएको थियो।

तपाईंको प्रतिक्रिया/टिप्पणी