नेपाल भारत सीमा विवादः भारतको नक्सा जलाइयो

काठमाडौँ । भारतले जारी गरेको नयाँ नक्सा विरोधमा भारतीय दूतावास अगाडि विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन्। भारतले नेपाली भूमि लिपुलेक र कालापानीलाई आफ्नो भूमीमा पारेर सार्वजनिक गरेको नक्सा विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन्।

उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन्। तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी