बागलुङ २ ‘ख’ मा नेकपाका शेरमानले दिए बागी उम्मेदवारी

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बागलुङबाट बागी उम्मेदवारी दर्ता भएको छ। बागलुङ क्षेत्र नम्बर २ को ’ख’ उपनिर्वाचनका लागि नेकपाका शेरमान घर्तीले बागी उम्मेदवारी दर्ता गराएका हुन्।

पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको भन्दै आफुले बागी उम्मेदवारी दिएको घर्तीले बताए।सत्तारुढ नेकपाले बागलुङ २ (ख) मा राजमोका खिमविक्रम शाहीलाई सघाउने भएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन्।

आफूलाई बागी उम्मेदवारी दर्ता गराउनका लागि स्थानीयदेखि नेकपाभित्रका कार्यकताको पनि सहयोग रहेको उनले उल्लेख गरे। यद्यपि, घर्ती नेकपाका समर्थक भए पनि पार्टी भित्रको कुनै जिम्मेवार निकायमा भने छैनन्।

शेरमान तत्कालीन माओवादीका जिल्ला कमिटी सदस्य थिए। शेरमान पार्टी एकिकणपछि पार्टीसँग असन्तुष्ट थिए। उनकै भाषामा भन्ने हो भने पार्टीले उनको आवाजलाई सुनेको थिएन।

शेरमान ०७४ को चुनावमा तत्कालीन माओवादीबाट ढोरपाटन नगरपालिकाको मेयर पराजित बनेका थिए। यता नेकपा बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले भने शेरमानले उम्मेदवारी फिर्ता लिने र सहमतिमा आउँनका लागि निरन्तर सम्पर्क भई रहेको दाबी गरे।

तर घर्तीले भने आफ्नो उम्मेदवारी फिर्ता नहुने समेत दाबी गरेका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी