त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्किए, सामान्य क्षति

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज एक आपसमा ठोक्किएका छन्। श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो। जहाजमा सामान्य क्षति भएको छ। अन्य सबै सामान्य रहेको उनले बताए।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी