सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई एक करोड सम्म ऋण दिने सरकारी तयारी

काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोड रुपैयाँसम्मको ऋण प्रवाह गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोड रुपैयाँसम्मको ऋण प्रवाह गर्ने तयारी गरिएको बताएका हुन्।

शुक्रबार सिंहदरबारमा गैरसरकारी संस्था महासंघ नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गाबापत बढीमा एक करोड र शैक्षिक कर्जाबापत बढीमा ३५ लाख रुपैयाँ प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भइरहेको पनि बताए।

मन्त्री विष्टले ऋण प्रवाहको त्यो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाए पनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले कोषमार्फत् ऋण प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारे।

त्यस अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताए।

तपाईंको प्रतिक्रिया/टिप्पणी