नेपाल भारत सीमा विवादः प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नक्सा तथा अतिक्रमित नेपाली भुभागकाबारेमा छलफल गर्न सर्बपक्षीय बैठक बोलाएका छन्। ओलीले भारतले आफ्नो नक्सामा राखेको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेसँगै नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। यसै विषयलाई लिएर संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय दूतावास घेराउ समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमित दुईको दोस्रो रिपोर्ट पनि पोजेटिभ