सेन्ट्रल जोन महिला भलिबलः अफगानिस्तानमाथि नेपालको सानदार जित

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ। नेपालले आइतबार भएको खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा र्पायो। तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा विजयी भयो।

प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।
राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले अरुणा शाहीको कप्तानीमा खेलेको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी