रुप ज्योतिलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थराज्यमन्त्री तथा व्यापारि डा. रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि उनलाई अदालतले तीन दिनको म्याद दिएको थियो। बाँसबारीमा रहेको एउटा जग्गामा देखिएको विवादमा रुप ज्योति र उनकी छोरीलाई प्रहरीले पक्राउ गरेको थियो।

ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी रहेको ल्याण्डमार्क कम्पनीले तयार पारेको हाउजिङ विवादका कारण ज्योति समूहका सदस्यहरुसहितलाई पक्राउ पुर्जी जारी गरिएको पाइएको छ।

ल्याण्डमार्क कम्पनीमा सेयर होल्डरमात्रै रहेका रुप ज्योति, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, कमला कंशाकार, सुरुची ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको भए पनि रुप ज्योति र उनकी छोरी सुरुची सिंगापुरबाट आउने क्रममा विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा राखिएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी