भारतीय अतिक्रमण विरुद्ध साझा पार्टीले गर्यो विरोध प्रदर्शन

पाेखरा । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा समेटेर आफ्नो भूभाग दावी गरेको भन्दै साझा पार्टीले आज पोखरामा विरोध प्रदर्संको सभा आयोजना गरेको छ ।

अतिक्रमण बिरुद्ध नारा लेखिएको प्ले कार्ड बोकेका साझा पार्टीका नेता तथा अभियन्ताहरुले भारतीय कदमको खुलस्त बिरोध गरेका थिए । कास्की क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानको क्रममा साझा पार्टीले विरोध प्रदर्शन गरेको हो। विरोध सभालाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता डा. सूर्यराज आचार्य, कास्की क्षेत्र २ की उम्मेदवार रजनी केसी र पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले सम्बोधन गरेका थिए।

साझा पार्टीले यस अघिनै विज्ञप्ति जारी गरेर नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति गम्भीर आपत्ति प्रकट गरेको थियो ।

भारत सरकारको उक्त कदमलाई साझा पार्टीले अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप भन्दै विरोध जनाएको थियो ।

तपाईंको प्रतिक्रिया/टिप्पणी