धरानको मेयरमा साझाबाट श्रेष्ठको उमेद्वारी दर्ता



धरान । साझा पार्टीले धरान उप महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ। उपनिर्वाचनका लागि पार्टीको तर्फबाट सामाजिक अभियन्ता राजन श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुअघि साझाले केन्द्रीय सदस्य अनिल भेटवाल तथा अन्य नेता तथा अभियन्तासहितको मौन र्‍याली प्रदर्शन गरेको थियो।

राष्ट्रिय झन्डा र पार्टीको झन्डा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेद्वारी मनोनयन दर्ता गरेको साझा पार्टी धरानका संयोजक सुदन श्रेष्ठले जानकारी दिए।

को हुन साझाका तर्फवाट मेयरका उमेदवार श्रेष्ठ ?

इमानदार छविका श्रेष्ठ तर्कशील युवा हुन्। विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय राजनकुमार श्रेष्ठ, धरान उपमहानगरपालिकाका वासिन्दा हुन्। स्नातकोत्तर गरेका श्रेष्ठ धरानमा राम्रा शिक्षकका रुपमा पनि परिचित छन्।

अन्य सम्बन्धित समाचार:  एमसीसी ‘होल्ड’माः अर्थमन्त्री खतिवडा

के छ श्रेष्ठको प्रतिबद्धता ?

आफू निर्वा्चित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दिर्घकालिन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल कदमी लिने, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्‍त बनाउन पहल गर्ने प्रतिवद्धता श्रेष्ठले जनाएका छन्।

भ्रस्टाचार बिहिन धरान उपमहानगरपालिकाको मूल नारालाई आत्मसात गर्न आफु पनि भ्रस्टाचार बिरोधि कल्याणकारी लोकतन्त्रमा विश्वास राख्ने पार्टीमा आवद्ध भएर चुनावमा उमेद्वारी दिएको श्रेष्ठको भनाइ छ।

सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन धराने मतदाता, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, सुभेच्छुक तथा सर्वसाधारणलाइ पार्टीले अपिल गरेको छ।

अन्य सम्बन्धित समाचार:  महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह