बालकुमार श्रेष्ठको जन्मभूमि प्रति समर्पित गीत ओखलढुङ्गेली

काठमाडौं । गायक तथा सर्जक बालकुमार श्रेष्ठले आफ्नो जन्मभूमि प्रति समर्पित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। जन्मभूमि ओखलढुंगाकोे प्राकृतिक सौदर्यता, पर्यटन र स्थानीय सांस्कृतिक पहिचानलाई विशेषता बनाएर श्रेष्ठले ‘ओखलढुङ्गेली’ नामक पुर्बेली गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन्।

उनले गीतमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि भनेर परिचित ओखलढुंगाको प्राकृतिक तथा भौगोलिक अवस्थाको वर्णन गरेका छन्। श्रेष्ठले ओखलढुंगाका ८ वटै स्थानीय तहका सबै पर्यटकीय क्षेत्रलाई गीतमा समेटेका हुन्।

गीतलाई श्रेष्ठले आफ्नै शव्द तथा लयमा तयार पारेका छन्। स्वरमा श्रेष्ठलाई गायिका सिता श्रेष्ठले साथ दिएकी छन्। गीतको संगीत संयोजन तथा एरेन्ज कमल सौरागले गरेका हुन्। म्युजिक भिडियोमा मोडल रोशन बुढाथोकी, प्रतीक्षा भण्डारी, सिमा श्रेष्ठ र कृष्ण बल तामाङको अभिनय रहेको छ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन्।

श्रेष्ठको यस अघि मेरो प्यारो ओखलढुंगामा, जन्मभूमि ओखलढुंगा, हाउ लुङ्गालगायतका जन्मभूमि प्रति समर्पित गीतहरू बजारमा रहेका छन्।

भिडियो हेर्नुहोस्

तपाईंको प्रतिक्रिया/टिप्पणी