विदेशी च्यानललाई प्रसारण अधिकार दिएको प्रति आपत्ति

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको प्रशारण अधिकार विदेशी च्यानललाई दिएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारहरुको संगठन पिजे क्लबले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार नेपाल खेलकुद पत्रकार मञ्च पिजे क्लबले प्रेस विज्ञप्ति जारी गर्दै सुचनाको अधिकारबाट बञ्चित गर्ने काम स्वीकार्य नहुने जनाएको हो।

साग दौरान खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिनेलगायतका विषय प्रजातान्त्रिक मुलुकमा हामीलाई स्वीकार्य हुन सक्दैन विज्ञप्तिमा भनिएको छ।

सुचनाको अधिकारबाट बञ्चित गर्ने अधिकार कसैलाई नभएको भन्दै यो निर्णय कदापी स्विकार्य नहुने बताइएको छ। सुचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्वीकार्य हुनेछैन। यस्ता कादमहरुविरुद्ध हामीले विगतदेखी नै सशक्त रुपमा आवज उठाउदै आएको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ सम्म दक्षिण एसियाली खेलकुद साग हुँदैछ।

प्रेस विज्ञप्ती

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजना गर्ने क्रम मिती २०७६–८–१ गतेका दिन दक्षिण एसिया ओलम्पिक काउन्सिलले तीन संस्थासँग फरक फरक सम्झौता गरेको छ । सागका लागि प्रशारण सहयात्रीका रुपमा भारतको एनके मिडिया भेन्चर प्रालिसँग प्रशारण अधिकार सम्बन्धि सम्झौता गरेको छ । तर, सम्झौता पत्रमा भएका केही प्रावधान प्रति नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारहरुको संगठन पिजे क्लबको गम्भिर ध्यानाकर्षण भएको छ ।

साग दौरान खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिनेलगायतका विषय प्रजातान्त्रिक मुलुकमा हामीलाई स्विकार्य हुन सक्दैन । खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिने कुरा आएसँगै नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले दक्षिण एसिया ओलमिपक काउन्सिल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग सशक्त रुपमा विरोधका आवाज उठाएका छौं ।

नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले आइतबार साँझ नै दक्षिण एसिया ओलम्पिक काउन्सिल र राखेपलाई ज्ञापन पत्र बुझाएको छ। मञ्चका कार्यबाहक अध्यक्ष ध्रुब तुलाधर र पिजे क्लबका अध्यक्ष विकास कार्कीले दक्षिण एसिया ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई ज्ञापन पत्र बुझाएको हो।

यससँगै अध्यक्ष श्रेष्ठ र सदस्यसचिव सिलवालले अन्तर्रा्ष्ट्रिय प्रचलनअनुसार निर्बाधरुपमा फोटो पत्रकारलाई फोटो खिच्न दिने र भिडियो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सुचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्विकार्य हुनेछैन। यस्ता कादमहरुविरुद्ध हामीले विगतदेखी नै सशक्त रुपमा आवज उठाउदै आएको छ । र यो भोलीका दिनमा पनि कायम रहनेछ । धन्यवाद ।

प्रज्वल ओली
विकास कार्की
महासचिव अध्यक्ष
नेपाल खेलकुद पत्रकार मञ्च पिजे क्लब

तपाईंको प्रतिक्रिया/टिप्पणी