चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र मंगलबार सार्वजनिक गर्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर कांग्रेसले तीनै तहको उपनिर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्न लागेको हो।

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत चुनावी घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिए। उपनिर्वाचनसँगै देशको समसामयिक राजनीतिमा केन्द्रित भएर पत्रकार सम्मेलनको आयोजना गरिएको भन्दै उनले चुनावी घोषणा पत्र पनि सार्वजनिक गर्ने बताए।

मंसिर १४ गते देशका विभिन्न स्थानमा रिक्त रहेका तीनै तहका विभिन्न पदका लागि उपनिर्वाचन हुँदैछ।

तपाईंको प्रतिक्रिया/टिप्पणी