बैंक कर्मचारीको छतबाट खसेर मृत्यु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर कैलालीको लम्कीचुहा नगरपालिका–१ मा बैंकका कर्मचारीको मृत्यु भएको छ। बैंकका कार्यालय सहयोगी दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए।

पन्तले मादक पदार्थ सेवन गरेको प्रहरीले बताएको छ। सोमबार राति पौने १० बजे छतबाट खसेका पन्तको उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको प्रहरी प्रवक्ता बस्नेतले बताए।

तपाईंको प्रतिक्रिया/टिप्पणी