सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा विश्व सम्झना दिवस मनाइयो

काठमाडौं ।  सिरहाको धनगढी माई नगरपालिका १० मा आइतबार सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा विश्व सम्झना दिवस मनाइएको छ। सेफ एन्ड एटेनेबल ट्राभल नेपालको आयोजनामा ज्यान गुमाएकाहरूको चिरशान्तिको लागि दीप प्रज्वलन गरेर दिवस मनाइएको हो।

कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले नेपालमा सडक दुर्घटनाबाट हजारौं युवाहरूको अकालमै मृत्यु हुने गरेको भन्दै मादक पदार्थ सेवन गरि सवारी न चलाउन आग्रह गरे। उनले ट्राफिक नियमको पालना गरौँ, आफू बचौ अरुलाई पनि बचाउ भन्ने विद्यार्थीहरूलाई सन्देश दिएका छन्।

संयोजक मुकेश कुमार साहले नेपालमा  प्रत्येक वर्ष ७.६ मानिसको एक दिनमा सडक दुर्घटनाबाट मृत्यु हुने गरेको भन्दै यसलाई कम गर्न सबै क्षेत्रबाट पहल हुनुपर्ने बताए।

कार्यक्रममा जीवन गाडीको पुर्जा जस्तो होइन लेखिएको प्लेकार्ड सहित ¥यालीको आयोजना गरिएको थियो।

तपाईंको प्रतिक्रिया/टिप्पणी