खानीमा ग्यास विस्फोट हुँदा १५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु ९ जना घाइते पनि भएका छन्।

सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए।

अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ। घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराइसकिएको अधिकारीहरुले जानकारी दिएका छन्।

चीनका खानीमा यस्ता दुर्घटनाहरू बेला बेलामा भइरहने गरेको छ। खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउछन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी