काम नगर्ने ठेकेदारविरूद्ध मानव साङ्लो

काठमाडौं । सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेको भन्दै ठेकेदारविरुद्ध दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध गरेका छन्। असारमै कालोपत्रे गरिसक्नुपर्ने सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेपछि स्थानीयले मंगलबार चरिकोटस्थित सातदोबाटोमा सडक निर्माण काम सुरू गर्न माग गर्दै मानव साङ्लो बनाइएको हो।

गत शनिबार सडक अलपत्र पार्ने ठेकेदार दीपक सापकोटाको फोटो बस, चोक र पोलमा टाँसेर विरोध गरेका स्थानीयले मानव साङ्लो बनाइएर प्रर्दशन गरे।

सिन्धुपाल्चोक खाडीचौर– मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिए पनि सडक निर्माण अलपत्र छ।

उनीहरूले शंकरमाली निर्माण सेवाका प्रमुख सापकोटाविरूद्ध कारबाही गर्न पनि माग गरेका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी