विप्लव नेता गम्भीरद्वारा पार्टी परित्याग

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ले पार्टी परित्याग गरेका छन्। उनले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको पछिल्लो योजना र समग्र विषयमा असहमत भएकाले पार्टी छाडेको घोषणा गरेका हुन्।

केही समयअघि पक्राउ परेका नेता धमलासमूहभित्र प्रभावशाली नेताको रुपमा चिनिन्थे। धमलामाथि पार्टीको गोपनीयता खोलेको आरोपमा नेकपाले कारबाही गरेको थियो।

उनले आगामी दिनमा स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने बताएका छन्। ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने’ उनको भनाइ छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी