आफ्नो सवारी साधनमा नेपाल भ्रमण वर्षको स्टिकर टाँस्न आह्वान

काठमाडौँ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधन टाँस्न सबै यातायात व्यवसायीहरुलाई आह्वान गरेको हो।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरे। उनले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्तसम्हारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका संचालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराए।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो। सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो।

तपाईंको प्रतिक्रिया/टिप्पणी