निर्मला हत्याकाण्डः पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए। भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए।

उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए। यसअघि कञ्चनपुर प्रहरीले भण्डारीविरुद्ध अबहेलना मुद्दा दायर गरेको थियो भने कञ्चनपुर बारले पनि मुद्दा दायर गरेको थियो।

निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी