मध्यान्ह १२ बजेसम्म २४ प्रतिशत मत खस्योः निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि भइरहेको मतदानमा अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मध्यान्ह १२ बजे सम्म समग्रमा २४ प्रतिशत मत खसेको हो।

२३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ। उपचुनाव अन्तर्गत कास्की २ मा प्रतिनिधि सभाको लागि मतदान भैरहेको छ।

प्रदेशसभातर्फ भक्तपुर १(क), बागलुङ २(ख) र दाङ ३(ख) मा मतदान भैरहेको छ। धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान भैरहेको छ।

केही सामान्य घटना बाहेक अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।