जनताको काम छिटो र छरितो गर्नुसः पोखरेल

Prabhu Bank

काठमाडौं । उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेलले जनताको काम छिटो र छरितो गर्न निर्देशन दिएका छन्। सोमबार बुढानिलकण्ठ नगरपालिकाको नवनिर्मित भवनको काठमाडौमा शिलान्यास गर्दै उनले जनताको काममा कुनै ढिला सुस्ति नगर्न निर्देशन दिएका हुन्।

Saftey Pads

भ्रष्टाचार र अनियमितता सरकारको शत्रु भएकाले सुशासनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे। आर्थिक समृद्धिका लागि सरकार दृढ रहेको भन्दै उनले आर्थिक विकासबाट मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताए।

बुढानिलकण्ठ नगरपालिका आफैमा महत्वपूर्ण नगरपालिका भएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने पनि बताए।

अन्य सम्बन्धित समाचार:  युक्रेनमा विमान दुर्घटनामा २२ को मृत्यु
Maruti Cement