साग अन्तर्गत तेक्वान्दोमा आयशाले जितिन स्वर्ण

काठमाडौँ।  १३औँ दक्षिण एसियाली खेलकुद सागमा आयशा शाक्यले तेक्वान्दोतर्फ स्वर्ण पदक जितेकी छिन्।

सोमबार सातदोबाटोस्थित कभर्डहलमा भएको प्रतिस्पर्धामा आयशाले २९ वर्ष माथिको तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक हात पारेकी हुन्।

यसअघि नेपालका लागि कमल श्रेष्ठ, सिना लिम्बू र पार्वती गुरुङले तेक्वान्दोमा नेपाललाई स्वर्ण पदक दिलाएका छन्।