घुष लिएको आरोप लागेका दोलखाका सिडिओ गृहमन्त्रालयमा तानिए

Prabhu Bank

काठमाडौं । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घुस खाएको आरोप सार्वजनिक भएको छ । दुई फरक मुद्दाका तीनजना अभियुक्तसँग घुस खाएको सार्वजनिक भएसँगै रिजाल गृह मन्त्रालयमा तानिएका छन्।

Saftey Pads

रिजालले बुधबार अभियुक्तहरूबाट १ लाख ११ हजार रुपैयाँ ‘घुस’ लिएका थिए। उनले एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएको सार्वजनिक भएको छ।

घटना बाहिरिएपछि बिहीबार रिजालले रकम फिर्ता गरेका थिए। रिजालललाई गृह मन्त्रालयमा तानिएपछि रिजालले आफूले चलाउने सरकारी टेलिफोन नम्बर सहायक सिडिओलाई दिनू भन्दै शुक्रबार मध्यान्ह काठमाडौं हिँडेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

दोलखाको मैलुङ ४ का कुमार लामा मोक्तान जनप्रतिनिधि कुटेको अभियोगमा २४ दिनदेखि प्रहरी हिरासतमा थिए। गत मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालय दोलखा र्पुयाइएको थियो। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उनको थुनचेक बहस गरे।

बहस सकिएपछि सिडिओ रिजालले मोक्तानका परिवारसँग १ लाख रुपैयाँ मागे। न्यून आय भएका मोक्तान परिवार भन्नेबित्तिकै एक लाख रुपैयाँ जुटाउन सकेन। कुमारकी श्रीमती रेणु तामाङले अर्को दिन ऋणधन गरेर पैसा जम्मा गरिन्।
साँझ प्रशासन कार्यालय गइन्। सिडिओले पैसाको बिटो समाते। ‘सिडिओले एक लाख रूपैयाँ नभए आठरनौ वर्ष जेल हालिदिने भनेपछि उनले ऋणधन गरेर पैसा को जोहो गरि रिजालललाई बुझाएको र प्राप्त रसिदको अंकमा मात्र होइन अक्षरमा पनि दश हजार रुपैयाँमात्र तिरेको लेखिएको पाइएपछि रेणुका परिवार फेरि प्रशासन कार्यालय गए।

अन्य सम्बन्धित समाचार:  सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार

कालिन्चोक गाउँपालिका १ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट पनि सिडिओले १४ हजारको रसिद दिएर ३५ हजार रुपैयाँ लिएको भन्दै कार्यालय पुगेका थिए। कार्यालयमै सिडिओले घुस लिएको हल्लाखल्ला भएपछि रिजाल बाहिर आए।
उनीहरू सबैलाई गाडीमा राखेर क्वार्टरमा लिएर गए। पत्रिकामा बेरेको पैसा उनीहरूलाई फिर्ता दिएर घटनाबारे बाहिर नभन्न आग्रह गरे । तर उनीहरूले घटनाबारे स्थानीय पत्रकारलाई खबर गरे।

‘सिडिओसाब, हामीले एक लाख बुझाएको हौं, रसिदमा त जम्मा दश हजारमात्रै लेखेको रहेछ। बाँकी पैसा खोई?,’ घटनाबारे पत्रकारहरूसँग रेणुले भनिन्, ‘अघिल्लो दिन पैसा माग्दा रिसाउनुभएका सिडिओसाब् बिहीबार बिहान त हँसिलो देखिनुभयो। क्वार्टरमा लगेर पत्रिकामा बेरेर ९० हजार फिर्ता दिनुभयो।’ भिडिओमा प्रजिअ रिजालले घटनाका पीडित भनिएकाहरूलाई क्षतिपूर्ति भराउन रसिदमा उल्लेख गरिएकोभन्दा धेरै रकम लिइएको स्वीकारेका छन्।

अन्य सम्बन्धित समाचार:  युक्रेनमा विमान दुर्घटनामा २२ को मृत्यु

दश हजारको रसिद दिएर बाँकी ९० हजार आफूले राखेको र बिहीबार फिर्ता गरिसकेको रिजालको भनाइ छ। ‘हाम्रो पैसा खोइ भन्दै माग्न आएपछि ९० हजार फिर्ता गरिदिएको हुँ,’ उनले भनेका छन्। तर प्रजिअले अभियुक्तका परिवारसँग पैसा लिन मिल्ने कुनै कानुनी व्यवस्था छैन। ‘धरौटी कति तिराउने, क्षतिपुर्ति कति दिने सबै कुरा मुद्दाको फैसलामा लेखिएको हुनुपर्छ। पैसा लिनु नै पर्ने भए पनि त्यो मुद्दा वा लेखा शाखाले राख्छ,’ एक पूर्वसिडिओले भने,‘यस्तो मुद्दाको पैसा सिडिओले छुनु पनि आचरणविपरित मानिन्छ। उहाँले त क्वार्टरमै लिएर राख्नुभएछ।’

रकम फिर्ताबारे सिडिओ रिजाललाई टेलिफोन गर्दा उनले बोल्न मानेनन्।

Maruti Cement