जनकपुरधाममा सुरु भयो कुस्ती प्रतियोगिता

Prabhu Bank

जनकपुरधाम। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कुस्ती प्रतियोगिता जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको छ ।

Saftey Pads

एक भव्य समारोहकाबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा साग खेलको आयोजना गरिएकोमा खुशी ब्यक्त गरे।

राखेपका सदस्य सचिव रमेश सिलवालले कुस्ती खेल जनकपुरमा राख्ने प्रस्ताव आफूले नै राखेको बताए। उनले यो खेल सफलतापूर्वक सम्पन्न हुने विश्वास ब्यक्त गरे।

कुस्ती उद्घाटन कार्यक्रममा नेपाली सेना र मिथिला नाट्य परिषद् मिनापका कलाकारहरुले मिथिला र पौराणिक साँस्कृतिक झलकहरु प्रस्तुत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेको टोली दिल्ली लगातार विजयी
Maruti Cement