पौडीबाट गौरिकाले जितिन् अर्को स्वर्ण पदक

काठमाडौं। गौरिका सिंहले नेपालका लागि पौडीबाट अर्को स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा भएको २०० मिटर ब्याक स्ट्रोकको प्रतिस्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन्।

स्वर्ण जित्ने क्रममा गौरिकाले भारतीय खेलाडीलाई पछि पारिन्। यो स्पर्धामा श्रीलंकाली खेलाडी तेस्रो भएकी छन्। बिहीबार भएको दुई सय मिटर फ्री–स्टाइलमा भारतकी सुभांगी सिंहलाई उछिन्दै गौरिकाले ऐतिहासिक स्वर्ण जितेकी थिइन्। स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ देशका ८ जना खेलाडीलाई उछिन्दै उनले स्वर्ण जितेकी हुन्। योसँगै नेपालले सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा दुई स्वर्ण जितेको छ। योसहित दक्षिण एसियाली खेलकुदको पौडीमा नेपालको व्यक्तिगत स्पर्धामा जितेको स्वर्ण २ भएको छ।