उपनिर्वाचनले कम्युनिष्टलाई बेलैमा सच्चिन सचेत गराएको छ -नेता नेपाल

Prabhu Bank

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले कम्युनिष्टलाई बेलैमा सच्चिन सचेत गराएको बताएका छन्।

Saftey Pads

जितेको ठाउँ हारेपछि अब दम्भ छोडेर सच्चिने बाटोमा लाग्न जनताले निर्देशन दिएको बुझ्नुपर्ने नेता नेपालको भनाइ छ।धरान, भक्तपुर र चितवनको नतिजाले जनताले होस गर है अहंकार नगर भन्ने सन्देश दिएको उनले बताए। पोखरा र दाङ जितेका छौं भनेर कमजोरी सुधार्नतिर नलागे आउँदा दिनमा अझ कमजोर बनिने नेता नेपालले बताए।

मकवानपुरको मनहरि गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टी कमिटी भद्दा भएको टिप्पणी गरे। उनले पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तहसम्म कमिटीहरु भद्दा बनेको बताएका हुन्। यस्ता कमिटीबाट पार्टी चलायमान हुन नसक्ने उनको तर्क रहेको छ।

अन्य सम्बन्धित समाचार:  ‘बद्मास ठेकेदारले बाटो बनाउँदैन्, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा?’

कम्युनिष्ट पार्टीको विरोध गर्नेहरुलाई पार्टीले ठुला पदमा पु¥याएको भन्दै नेता नेपालले नातावाद र कृपावाद तोड्न जरुरी रहेको धारणा राखे । अब केही दिनमै स्थायी कमिटीको बैठक बस्न लागेकाले उपनिर्वाचनको समीक्षा र पार्टी एकताको सबै काम टुङ्गिने विश्वास व्यक्त गरे।

बोटे बस्तीमा माधव नेपाल

प्रशिक्षण कार्यक्रममा सहभागी हुन मकवानपुरको मनहरी पुगेका नेता नेपाल रमौली प्रतापपुरमा रहेको बोटे बस्तीमा पुगेका छन्। त्यहाँ उनले सरकारले निर्माण गरिदिएको नमुना बस्तीको अवलोकन गरे।

गाउँमा पुगेका नेतालाई बोटे समुदायले माछा मार्ने लाइसेन्स निकुञ्जले नवीकरण नगरिदिएको गुनासो गरे।

सरकारले यस क्षेत्रमा रहेका १२ घर बोटे जातीलाई रमौंली प्रतापपुरमा जमिन सहित आवासको व्यवस्था गरिदिएको छ । उनीहरुलाई बस्ती स्थानान्तरणका समयमा ५ कठ्ठा जमिन दिने भने पनि नपाएको स्थानीयले गुनासो गरे।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नेपाल प्रधानमन्त्री रहेका बेला २०६७ साल असार ८ गतेको मन्त्रिपरिषद बैठकले बस्ती सार्ने निर्णय गरी राप्तीपारिका दुईवटा वडालाई राप्तीवारी स्थानान्तरण गरेको थियो।

Maruti Cement