नेकपा सचिवालयले तय गर्‍यो स्थायी कमिटी बैठकका एजेण्डा

काठमाडौँ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरू तय गरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको सचिवालय बैठकले स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय गरेको हो।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

ओली र दाहाल परामर्श गरेर राजनीतिक प्रतिवेदन तयार भएको थियो। त्यसैगरी केन्द्रिय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ। प्रवक्ता श्रेष्ठले नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताए।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट एकै दिन २३ को मृत्यु

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र सुधार भइरहेको जानकारी गराएका थिए। सचिवालय बैठकले उनको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ।