कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको निदनप्रति दुःख व्यक्त गरेका छन्। ओलीले सोमबार बिहान समाजिक सञ्जाल ट्विटरमा बितेको दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका हुन्।

दिवगत भट्टराई र क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छ। उनले लेखेका छन् ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

दर्जनौं नेपाली फिल्ममा अभिनय गर्दे लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्री गत शनिबार डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिए थिए भने फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा निधन भएको हो।

अन्य सम्बन्धित समाचार:  बूढा नेताहरुलाई गाली मात्रै गरिरहने कि बिकल्प खोज्ने?