हिमपातमा १३ जना बेपत्ता, खोजी गर्न हेलिकोप्टर पठाइँदै

Prabhu Bank

काठमाडौं। जडिबुटी खोज्न जाँदा जुम्लामा १३ जना बेपत्ता भएका छन्। हिमपातमा हराएका उनिहरुको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ।

Saftey Pads

सम्पर्कविहीन हुनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्। तिला ९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, नरबहादुर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा सम्पर्कविहीन भएका हुन्।

उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए। तर सुर्खेतको भिजिबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा आचरण विपरीत काम गर्ने १६५ प्रहरीमाथि कारबाही

बाक्लो हुस्सु लागेका कारण अहिले सुर्खेतको वीरेन्द्रनगर क्षेत्र अँध्यारोजस्तै छ। आकाश खुल्नासाथ हेलिकोप्टर उडाइने र बेपत्ता नागरिकको खोजी गरिने निमित्त प्रजिअ श्रेष्ठले जानकारी दिए। ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। बेपत्ताहरुको उद्दारका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जानकारी दिएको छ।

हिमपातमा बेपत्ता भएकाको उद्धार गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि पहल थालेका छन्। जिल्ला समन्वय समितिका प्रमुख र प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले उद्धार गर्न सरकार समक्ष पहल गरिसकेका छन्। अहिले जुम्लामा नेपाली सेनाको उद्दार टोली तयारी अवस्थामा छ।

अन्य सम्बन्धित समाचार:  वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग सहित सर्वाेच्चमा रिट
Maruti Cement