चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने

Prabhu Bank

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको शव आजै अन्त्येष्टि गरिने भएको छ। शव मध्यान्ह १२ बजेदेखि १ः३० बजेसम्म चलचित्र विकास बोर्डको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागि शव राखिने र यसपछि आजै भट्टराईको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो।

Saftey Pads

वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बेहोस भएका भट्टराईको उपचारका क्रममा गए राति निधन भएको थियो। बाटोमै बेहोस भए पछि उपचारार्थ ओम अस्पताल लगिएको थियो।

महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण गरिएको छ। भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्व अध्यक्ष थिए। उनका श्रीमती र एक छोरा छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

अन्य सम्बन्धित समाचार:  सात महिनापछि आन्तरिक उडान सञ्चालनमा
Maruti Cement